काठमाडौं– नेपाल कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै छ। सो बैठकमा तीनवटा अजेण्डामा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्तिमार्फत् उल्लेख गरेका छन्।
सो बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुने पौडेलले जनाएका छन्।
‘महासमिति बैठक तयारी सम्बन्धमा,जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ।
बैठक पार्टी केन्द्रीय कार्यलय बीपी स्मृति भवन ललितपुरमा बस्दैछ। कांग्रेसले पुष १६ गते देखि १९ गतेसम्म महासमितिको बैठक डाकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।