काठमाडौं- संघीय संसद्को महासचिवका लागि पद्मप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ।
संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस भएको हो।
संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले घरासयी कारण देखाउँदै आइतबार राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।