• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ऋग्वेदबारे मन्थन, ३५ कार्यपत्र प्रस्तुत

64x64
रासस आइतबार, मंसिर २४, २०८०  २०:३५
1140x725

गण्डकी– नेपाललगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे पोखरामा मन्थन गरेका छन्। मुक्त फाउण्डेशनको आयोजनामा दुई दिनसम्म चलेको प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनमा वैदिक ज्ञान र आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरुबाट ३५ कार्यपत्र प्रस्तुत गरिएको थियो।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा ऋषिराम रेग्मी, पूर्वीय तथा पाश्चत्य साहित्य र दर्शनका ज्ञाता प्रा डा कृष्णचन्द्र रेग्मी, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्रमुख मानवशास्त्री प्रा डा विनोद पोखरेललगायतले ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयामबारे विद्धत प्रवचन दिएको फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले जानकारी दिए। 

उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, जापान, स्वीडेन, नेदरल्यान्ड्स, अमेरिका, क्यानडा र रसियाका विज्ञहरुले ऋग्वेद, हिमाली समाज र संस्कृतिबारे प्रत्यक्ष तथा अनलाइन माध्यमबाट कार्यपत्र प्रस्तुत गरेको उनले बताए। 

‘सबैभन्दा पुरानो लिखित ग्रन्थ ऋग्वेदमा केन्द्रित भएर पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन पोखरामा सम्पन्न भएको छ’, फाउण्डेशनका अध्यक्ष त्रिपाठीले भने, ‘ऋग्वेदको अध्ययन गर्नु कुनै कर्मकाण्ड वा देवी देउताको पूजाअर्जनाभन्दा बढी समग्र प्रकृतिको अस्तित्वलाई स्वीकार गर्नु र मानव कल्याणको लागि त्यसको उचित उपयोग गर्नु हो भन्नेमा विद्धानहरुको बहस र मन्थन केन्द्रित रह्यो।’  

ऋग्वेदको मूल ध्येय प्राकृतिक शक्तिको उपासना र मानवताको रक्षा हो भनी विज्ञहरुले आफ्नो कार्यपत्रको सारमा औंल्याएको अध्यक्ष त्रिपाठीले बताए। हिमालय क्षेत्रमा लेखिएको ऋग्वेद वैदिक सनातन धर्मग्रन्थ मात्र नभएर आधुनिक समाज विज्ञानका लागिसमेत महत्त्वपूर्ण ज्ञानको भण्डार रहेकामा सम्मेलनमा एकमत देखिएको उनले उल्लेख गरे। 

Ncell 2
Ncell 2

वर्तमान विश्वमा बढिरहेको प्राकृतिक विनाश र मानव जातिबीचको द्वन्द्वलाई ऋग्वैदिक मान्यताको जगमा समाधान गर्न सकिनेमा विज्ञहरुबीच बहस भएको अध्यक्ष त्रिपाठीले बताए। नेपालका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा ऋग्वेदको अध्ययन, अध्यापन र अनुसन्धानमासमेत आवश्यक सहकार्य र समन्वय गर्न सम्मेलनबाट टेवा पुगेको उहाँको भनाइ छ।

सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई सार्वजनिक रुपमा प्रकाशन गरिने र त्यसमाथि थप विवेचना हुँदै जाने फाउण्डेशनले जनाएको छ। वेद र शास्त्रहरुमाथि पनि बौद्धिक बहस र छलफल हुन आवश्यक रहेको भन्दै ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन सोही अवधारणामा टेकेर आयोजना गरिएको अध्यक्ष त्रिपाठीले बताए। 

सम्मेलनमा नेपालको हिमाली सभ्यता, पर्यावरण र संस्कृतिबीचको अन्तर सम्बन्ध तथा यिनमा आधारित वैदिक ज्ञानमाथि मन्थन गरिएको उनको भनाइ छ। फाउण्डेशनले गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभाग, त्रि–चन्द्र क्याम्पस, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायतका सङ्घसंस्थासँगको समन्वयमा सम्मेलन आयोजना गरेको हो। 

सम्मेलनमा देशविदेशका विभिन्न विश्वविद्यालय प्राध्यापक तथा विद्यार्थी, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय संस्थामा आबद्ध झण्डै दुई सय व्यक्तिहरुको सहभागिता रहेको थियो। सो अवसरमा पञ्चासे क्षेत्रमा बस्दै आएका वैदिक साधक क्यानेडेली नागरिक ग्यारी मिलर, सङ्घर्षशील महिला गोमा पराजुली, सफल युवा व्यवसायी देवेन्द्र केसीलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) जसमा नियुक्ति, बढुवादेखि भ्रमण स्वीकृतसम्म रहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्... मंगलबार, पुस २९, २०८२
भारतको हिमाचलमा ग्यास विस्फोट हुँदा सल्यानका ९ जनाको मृत्यु गत आइतबार ग्यास विस्फोट भई आगलागी हुँदा धन बहादुर वि.क, कविता वि.क, राधा वि.क, रेनुका वि.क राजन वि.क, काशिराम कामी, अनु वि.क, टिका व... मंगलबार, पुस २९, २०८२
यस्तो रहनेछ देशभरको मौसम जसको प्रभावले मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन : चार हजार ६३८ जना मतदाताको नामावली सार्वजनिक मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्