काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय समिति बैठक जारी छ। बैठक गौशालाको एक होटलमा चलिरहेको हो।
बैठकमा यसअघि थपिएका केन्द्रीय सदस्यहरूको सपथ, राष्ट्रिय सभा निर्वाचनमा सहभागिता र संगठन विस्तार लगायतका अजेन्डा तय गरिएका छन्।
बैठकलाई वरिष्ठ नेता राजेन्द्र महतोले बहिस्कार गरेका छन्। यसअघि अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गर्दा आफूलाई सद्भावनाकालदेखि नै साथ दिएका नेताहरूलाई समावेश नगरेको भन्दै उनले बैठक बहिस्कार गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।