काठमाडौं– राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ। बैठकले भोलिदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय समितिको बैठकको अजेन्डासँगै बैठकमा प्रस्तुत हुने कार्यपत्र र प्रतिवेदनहरु परिमार्जनसहित पास गरेको छ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘भ्रष्ट व्यवस्थाको अन्त्य, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण’बारे प्रस्तुत राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत संगठन विभागको प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन केन्द्रीय समिती बैठकमा प्रस्तुत गर्नेगरी अनुमोदन गरिएको बैठकपछि महामन्त्री बर्तौलाले जानकारी दिए।
भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठक पर्सी पनि सञ्चालन हुनेछ भने पर्सी दिउँसो काठमाडौं उपत्यका भेलामार्फत् निर्णयहरु सार्वजनिक गर्ने पार्टीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।