काठमाडौं- नेपाल समाजवादी पार्टीको गण्डकी प्रदेश समितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठक पोखरामा बसेको थियो।
शनिबार बसेको बैठकले गण्डकी प्रदेश सचिवमा बागलुङका चित्रप्रसाद सापकोटालाई चयन गरेको केन्द्रीय अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिएका छन्।
बैठकले पार्टीका कमिटीहरू अध्यावधिक गर्ने, स्थानीय र प्रदेश स्तरका सम्मेलन गर्ने निर्णय गरेको छ।
त्यस्तै, जनताका सामयिक समस्याहरूवारे संघर्षको पहल गर्ने तथा विचार मिल्ने शक्तिहरूसँग समाजवादी ध्रुवीकरणका निम्ति वार्ता/संवाद गर्ने लगायतका निर्णयहरू गर्दै कार्यक्षेत्रमा खट्ने दृढता पनि व्यक्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।