काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आजकाल सबैभन्दा ठूला मिटरब्याजी नै बैंकहरू भएको बताएका छन्। आफूले त्यसो भन्दा बैंकर्सहरू आफूसँग रिसाउने गरेको पनि बताए।
शनिबार चितवन-काठमाडौं प्रजातान्त्रिक संगमको १२औं अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘मैले त भन्ने गरेको छ आजकाल, सबैभन्दा ठूलो मिटरब्याजी त ब्यांकर्सहरू नै भए भन्छु म, बैंकहरू भए भनेर त बोलिरहेकै छु म। हो होइन मलाई थाहा छैन। तर मैले भन्ने गरेको छु।’
उनले देशको आर्थिक कुरा गर्दा सबै चिज अप्ठ्यारोमा भएको तर बैंकहरू भने फस्टाइरहेको र बोनसहरू बाँडिरहेको बताए। उनको प्रश्न थियो, ‘कसरी हुन्छ यो?’
सरकारले कृषिको निम्ति ५ प्रतिशत ब्याजमा ऋण लिन पाइने भनेको भए पनि सबैलाई नदिने गरेकोमा कोइरालाले असन्तुष्टि जनाए। ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले, नत्र दिँदैन। १०/२० लाख, ५० लाख ऋण लिन जानुस् दिँदैन बैंकले। तर एउटा अर्बपतिले म कृषिमा व्यापार गर्छु भन्यो भने तुरुन्तै दिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।