काठमाडौं- पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। संसदीय समितिले उजुरीकर्तासँगको छलफलपछि शुक्रबार उनको नाम अनुमोदन गरेको हो।
मन्त्रिपरिषद्ले २३ कात्तिकमा पोर्चुगलको राजदूतमा पाल्पाका नेपालको नाम सिफारिस गरेको थियो।
पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस भएका नेपाललाई संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।
राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास, लोकतन्त्र, समावेशिता, सञ्चार लगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपालले कांग्रेसमा संसद्, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रूपमा परामर्श दिने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।