काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद-बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ।
शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई आगामी सोमबार बैठकमा बोलाएर एनसेलको सेयर खरिद-बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो।
त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।
समितिले प्रधान सेनापतिलाई आगामी बुधबार काठमाडौं-तराई-मधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।