धनगढी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्। कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड धनगढी पुगेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड पार्टीको प्रशिक्षण कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ।
प्रधानमन्त्री दाहाल शुक्रबार ११ बजे कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घसेटीमा हुने पार्टी प्रशिक्षण तथा जन–भेटघाट कार्यक्रममा सहभागी हुने नेकपा माओवादी केन्द्रले जनाएको छ।
सोपश्चात प्रधानमन्त्री प्रचण्डले शुक्रबार मध्याह्न १२:३० बजेतिर कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने जनाइएको छ।
प्रधामन्त्री दाहालले शुक्रबार बिहान धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुवासँग पनि भेटघाट गरेका छन्। भेटमा दाहालले विपिनको रिहाइका लागि आफूले प्रयास गरिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।