काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले हरेक क्षेत्रमा आशा सिर्जना गर्नु नै चुनौतीपूर्ण दायित्व रहेको आफूले महसुस गरेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘रेस्पोन्सेबल बिजनेश समिट कार्यक्रम’मा सम्बोधन गर्दै उनले आशा बिना कुनै पनि राष्ट्रले विकास गर्न नसक्ने बताए।
‘व्यवसायको क्षेत्रमा, राजनीतिको क्षेत्रमा, सामाजिक क्षेत्रमा, सांस्कृतिक क्षेत्रमा, हर क्षेत्रमा जिम्मेवारी बोधको अनुभूति गराउनु आजको निकै ठूलो आवश्यकता बन्न गएको छ’, उनले भने।
नेपालसँग भएका सकारात्मक सम्भावनातिर हेरेर आशा सिर्जना गर्नेतिर सबै लागियो भने तीव्र गतिमा विकासको यात्रा अगाडि बढाउन सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले अहिले समाजमा हरेक कुरामा नकारात्मक भाष्य बनाउने प्रवृत्ति रहेको र त्यसका लागि एकथरी मान्छेहरूले प्रयास गरिरहेको बताए। ‘यसबाट देशले कहिल्यै पनि प्रगति गर्न सक्दैन’, उनले भने, ‘त्यो ओरालो यात्रा मात्रै हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।