काठमाडौं– राप्रपा नेपालले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको अर्बौं रुपैयाँ कर छलि गर्ने तथा नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्ने तथा प्रचलित दूरसञ्चार विपरीत हुने गरी सेयर खरिद–बिक्री भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राप्रपाका प्रवक्ता वशन्तमान सिंह अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै एनसेलको सेयर खरिद–बिक्रीबारे सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
‘यस सन्दर्भमा नेपालको कानुन बमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवम् भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।