काठमाडौं- नेकपा एमालेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा बिहीबार पोखरा आइपु्ग्दैछ। पदयात्रा टोली आज पोखरामै बास बस्ने एमालेले जनाएको छ।
‘समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको एमालेको टोली बुधबार बागलुङमा बास बसेको थियो। सो टोलीले हिजो गुल्मीमा आमसभा समेत गरेको थियो।
बिहीबार बिहान गलकोटबाट हिंडेर ससदरमुकाम बागलुङ बजारमा खाना खाने र पर्वतको कुश्मा सभा र स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुसँग अध्यक्ष केपी शर्मा ओलीले अन्तर्क्रिया गर्ने कार्यक्रम रहे छ । आजको यात्रामा टोलीले १२० किलोमिटर दूरी पार गर्नुपर्नेछ। यात्रीले बुधबार करिब १५० किलोमिटर दूरी पार गरेका थिए।
एमालेले यही मंसिर १४ गतेबाट सुदूरपश्चिमको झुलाघाटबाट सुदूरपूर्वको चिवाभन्ज्याङसम्मको यात्रा सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।