काठमाडौं- प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ।
बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।
एनसेलको ८० प्रतिशत सेयरको शंकास्पद कारोबार भएपछि र सरकारमाथि प्रश्न उठ्ने देखिएपछि सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो।
उनीहरुबीच अर्थतन्त्रका अन्य विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।