काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले आजियाटा ग्रुपले नेपालमा लगानी गर्न उचित नभएको गलत प्रचार गरेको बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लले आजियटाका सीईओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु सेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको उल्लेख गरे।
उनले नेपालको अर्थ राजनीतिक माहोललाई संकेत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतीहरुको हवला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पुर्याउने सम्भावना रहने धारणा राखे। देशलाई प्रगतिको बाटोमा लैजाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहोल बनाउनुपर्ने दस्तावेजहरुले बोल्ने उनले बताए।
निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको वाग्लेको भनाइ थियो। सांसद वाग्लले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने बताए।
उनले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरुमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भीर प्रश्नहरु उठाएको उल्लेख गरे।
उनले वर्षको ४० अर्ब देखि ६० अर्बसम्मको कारोबार गरेको भनेर डकुमेण्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता, कर्मचारीहरु, नीति निर्माताहरु र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको उल्लेख गरे। नेताका आफन्तजनलाई सिंगापुर घुमाउने पात्रले सेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने बताए
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।