काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एनसेलको सेयर खरिद-बिक्री प्रकरण जस्ता घटना दोहोरिन दिन नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्व अर्थमन्त्री कार्कीले एनसेलको विषय गम्भीर भएको भन्दै आगामी दिनमा नदोहोरिने गरी त्यहाँका समस्या सधैंका लागि अन्त्य गर्नुपर्ने बताए।
उनले लगानीमैत्री वातावरण र सन्तुलित आर्थिक विकासबिना मुलुक समृद्धिको दिशामा जान नसक्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।