फाइल तस्बिर। काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बस्ने भएको छ। गत साता मात्र महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट मनोनित केन्द्रीय सदस्यको सपथ कार्यक्रमका साथै सचिवालयको बैठक बस्न लागिएको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
रावलका अनुसार पार्टी विधानको व्यवस्था बमोजिम सभापति रवि लामिछानेले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ गराएर जिम्मेवारी तोक्ने तयारी गरेका छन्।
रास्वपाले जलेश्वरबाट सांसद समेत रहेका १४ जना लाई केन्द्रीय सदस्य बनाएको थियो। साथै, रिक्त रहेका केही पदाधिकारीमा पनि नियुक्ति गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।