काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पाँच वर्षपछि सरकारको मातहत आउनुपर्ने एनसेल राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतोमा बिक्री गरिएको आरोप लगाएका छन्।
‘राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतो बेगर एनसेल बिक्री गर्न सम्भव नै हुँदैन,’ मंगलबार नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘हामीले नेताहरूलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो? यस घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको छ।’
मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।