काठमाडौं- झुलाघाट- चिवाभञ्ज्याङ यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन्। राष्ट्रिय गौरवको आयोजना समेत रहेको सो आयोजनाको अवलोकनपछि उनले गुणस्तरमा सम्झौता गर्न नमिल्ने बताएका छन्।
'यहाँ काम गरिरहनुभएका साथीहरू सबैलाई, आयोजना प्रमुख, इन्जिनियर भाइबहिनी सबैलाई धेरैधरै धन्यवाद भन्न चाहन्छु, कामको प्रगतिका लागि। कामको गुणस्तरमा कम्प्रोमाइज गर्नै मिल्दैन। किनभने प्रकृतिसँगको कारोबार छ। खोलासँगको कारोबार छ।'
उनले गुणस्तरमा सम्झौता गर्दा दुर्घटना निम्तिने भएकाले त्यसो गर्न नमिल्ने बताए। उनले गुणस्तरको सुनिश्चितता हुने भन्ने आफूले विश्वास लिएको बताए। 'काम पनि त्यसै गरी हुनेछ, तीव्रताका साथ हुनेछ र यथाशीघ्र सम्पन्न गराउन सबैको ध्यान जाओस् भन्ने आग्रह गर्न चाहन्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।