काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ।
दुईबीच आइतबार बिहान खनाल निवास डल्लुमा भेट भएको हो।
‘भेटवार्ताका क्रममा उहाँहरुका बीचमा आपसी हित एवं द्विपक्षीय चासोको विषयहरुमा कुराकानी भएको थियो,’ खनालको सचिवालयले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।