काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन करारमा सञ्चालन गर्दा कसो होला भन्दै सुझाव मागेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री किरातीले यस्तो सुझाव मागेका हुन्।
उनले लेखेका छन्, ‘नेपाल वायुसेवा निगमलाई राष्ट्रिय वाणिज्य बैंक लगायतका संस्थाहरुलाई जस्तै र वार्षिक १२ अर्ब कमाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (भैरवहा र पोखरालाई समेत)लाई सुरक्षाको सम्पूर्ण जिम्मेवरी नेपाल सरकारले नै लिने गरी वार्षिक २० अर्बभन्दा बढी दिन्छ भने managment contract (व्यवस्थापन करार ) गरी सिंगापुर लागायत विश्वका चर्चित एयरपोर्टहरु जस्तै सञ्चालन गर्दा कसो होला?’
लोकतन्त्रमा जनता प्रधान हुन् भन्दै उनले यस विषयमा जनमत जाहेर गर्न सबैलाई अनुरोध समेत गरेका छन्।
मन्त्री किरातीले कर्मचारीको काम नगर्ने र एकआपसमा दोषारोपण मात्र गर्ने प्रबृत्ति र परिणाम नदिने क्यान्सरपीडित संस्थाहरुलाई पुनर्संरचना गर्ने सही समय आएको अनुभूति भएको समेत लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।