काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाणको हकमा राय बाझिएको छ। दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् ।
उनलाई पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० .लाख धरौटी माग गर्ने आदेश गरेका थिए भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेका छन्।
दुई न्यायाधीश यसरी राय बाझिदा उनको मुद्दा विचाराधीन नै रहेको छ। उनको मुद्दा अब तेस्रो न्यायाधीशको इजलासमा मुद्दा पेस हुनेछ। तेस्रो न्यायाधीशले गर्ने निर्णयले उनी छुट्ने वा थुनामै रहने तय हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।