काठमाडौं- भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ। उनी आफैंले कसुर इन्कार गरेको र नक्कली भुटानी शरणार्थीको प्रकरणमा प्रत्यक्ष संलग्न भएको पुष्टि नभएको उच्च अदालतको आदेश छ।
उनमा मानसिक समस्या समेत देखिएको साथै उमेरले समेत ७६ वर्ष पुगेको र आफैं शरणार्थी भएकाले अन्य देशमा भागिजाने अवस्था समेत नदेखिएकाले जिल्ला अदालत काठमाडौंको फैसला बदर गरिएको आदेशमा उल्लख छ।
उनलाई १५ लाख रुपैयाँ धरौटी भराएर तारेखमा छाड्न भनिएको हो।
नरेन्द्र केसीलाई १० लाख र हरिभक्त महर्जनलाई , १५ लाख धरौटीमा रिहा गर्न आदेश उच्च अदालतले आदेश दिएको छ।
यसैगरी शमशेर मिया १० लाख धरौटी, आशिष बुढाथोकी साधारण तारेख र सन्दिप रायमाझी ३० लाख धरौटीमा रिहा भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।