काठमाडौं- उच्च अदालत पाटनले टोपबहादुर रायमाझी, इन्द्रजित राई र टेकनारायण पाण्डे लगायत ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ।
उनीहरुले धरौटीमा छाड्न दिएको निवेदनलाई इन्कार गर्दै थुनामै राखेर अनुसन्धान गर्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको हो।
थुनामै राख्न आदेश दिएकोमा नेकपा एमालेका तत्कालीन सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका प्रतिनिधि सभाका बहालवाला सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, नेकपा एमालेका उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई छन्।
यो ठगी काण्डका मुख्य नाइके केशव दुलाल, सानु भन्डारी, पूर्ववडाध्यक्ष समेत रहेका सागर राई, गोविन्द चौधरी, शन्देश शर्मा र नेपाली कांग्रेसको तर्फबाट बनेका पूर्वसभासद आङटावा शेर्पालाई जिल्लाकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालत पाटनले फैसला गरेको छ।
उनीहरुले आफूलाई धरौटीमा छाड्नुपर्ने दाबी गर्दै जिल्ला अदालत काठमाडौंको आदेशबिरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।