• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

थाहा नगरमा फिल्म फेस्टिवलले थपेको रौनक

64x64
समर्पण श्री शुक्रबार, मंसिर १५, २०८०  ०८:०१
1140x725

मकवानपुर– ‘नेपाली फिल्महरू पनि कति राम्रो बन्दा रैछन्,’ थाहा नगरपालिकाको जेसिज हलबाट फिल्म हेरेर बाहिर निस्कँदै गरेका केही विद्यार्थी आपसमा संवाद गर्दै थिए, ‘यस्ता फिल्महरू सधैं हेर्न पाए!’

थाहा कला केन्द्रले मंसिर ९ बाट आयोजना गरेको साताव्यापी फिल्म  फेस्टिवलमा स्थानीय, विद्यार्थी र शिक्षकहरू उत्साहित देखिन्थे। नगरका हरेक स्कुलले आफ्ना विद्यार्थीहरूलाई फेस्टिवलमा सहभागी गराउन ल्याएका थिए। अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरूमा अवार्ड जितेका तथा सहभागिता जनाएकमा उत्कृष्ट फिल्महरू यो महोत्सवमा प्रस्तुत गरिएको थियो।

फिल्म ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’ ‘राधा’ लगायत ६ वटा फिचर फिल्म र २६ वटा सर्ट फिल्म तथा डकुमेन्ट्री फेस्टिवलमा छनोट गरिएका थिए। आयोजक संस्थाका अध्यक्ष सानोबाबु मोक्तान भन्छन्, ‘फेस्टिवलमा यी फरक धारका फिल्मले नेपाली फिल्महरूप्रतिको बुझाइ परिवर्तन गराउन सहयोग गरे।’ 

फेस्टिवलमा थाहा नगरपालिका तथा बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले मुख्य सहकार्य गरेका थिए। थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले फिल्मले समाज रुपान्तरणमा योगदान पुर्‍याउने भएकाले यो फेस्टिवल आवश्यक महसुस भएको बताए। ‘फिल्म फेस्टिवलले समाजको चेतना विकासको सहयोग पुर्या‍उँछ। साथै थाहा नगरपालिकाको पर्यटन विकासका लागि पनि भूमिका खेल्ने भएकाले फेस्टिवल आवश्यक थियो,’ उनले भने।

कला केन्द्रले जुराएको कन्सेप्ट 
विसं २०७२ सालमा सानोबाबु मोक्तानले थाहा कला केन्द्रको स्थापना गरेका थिए। गाउँमा नृत्य, गायन जस्ता सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने हेतुले उनले कला केन्द्रको सुरुवात गरेका थिए। कला केन्द्रमार्फत् गाउँका युवाहरूलाई नाटकको तालिम पनि सञ्चालन गरे। त्यसपछि सानोबाबुले गाउँमा एउटा फिल्म ‘कल्चर’ बनाए। गाउँ गाउँमा च्यारिटी सो गरे। 

पहिलो च्यारिटी सोको बेला गाउँमा ५ सय र हजारका टिकट करिब ५०० जनाले किनेका थिए। थाहा अभियन्ता रुपचन्द्र विष्टले बनाएको विकास घरमा च्यारिटी गर्दा हल खचाखच थियो। त्यतिबेलै सानोबाबु मोक्तालालाई लागेको थियो, ‘यहाँ फिल्मिलाई माया गर्ने मान्छे थुप्रै रहेछन्।’

सानोबाबुले विभिन्न सहर वा देशमा भइरहने फिल्म फेस्टिवलबारे थाहा पाएको डेढ वर्ष मात्र भयो। ‘साथीहरूले आफ्नो फिल्म फेस्टिवलका पठाउन लागेको कुरा सुनेँ। त्यहीबेला फेस्टिवलबारे मैले चासो राखेँ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

फिल्म निर्माण तथा निर्देशनमा चासो बढ्दै जाँदा साथीहरूले फेस्टिवलमा छनोट हुने गरी फिल्म बनाउन उनलाई सुझाएका थिए। उनले सोचे, ‘बरु आफ्नै गाउँमा फिल्म फेस्टिवल गर्न पाए!’

गाउँको पर्यटनप्रति चिन्तन गर्ने प्रमोद कृष्ण जोशी (फेस्टिवल संयोजक)लाई उनले यो प्रस्ताव राखे। ‘उहाँले पर्यटनसँग जोडेर केही काम गरौँ भन्नुभयो। मैले बजेट जुटाएर थाहा फिल्म फेस्टिवल गरौँ भनेर प्रस्ताव राखें। त्यसपछि उहाँ हामी मिलेर पर्यटन मन्त्रालयसँग पनि कुरा राख्यौँ,’ सानोबाबुले भने।

जब नगरपालिकामा प्रस्ताव पुग्यो
नगरपालिका प्रमुख विष्णु बहादुर विष्ट सँग फेस्टिवलका लागि उनीहरूले १० लाख बजेट माग गरे। सुरुमा त उनी आत्तिए। यद्यपि फेस्टिवलको प्रभाव र उपलब्धिबारे बुझाएपछि नगरप्रमुख विष्ट ‘कन्भिन्स्ड’ भए।

तर नगरका केही वडाअध्यक्ष सकारात्मक देखिए पनि केहीले विरोध जनाए। सानोबाबुहरूले वडाध्यक्षहरूलाई भेटेर सम्झाए। केहीले भने, ‘१० लाख फिल्म फेस्टिवलमा हाल्नुभन्दा एउटा गाउँको टोलमा सडक भयो भने १०औं वर्ष गाडी कुद्छ।’

निरन्तरको बहस र संवादपछि नगरपालिकाले बजेटलाई योजनामा राख्यो। फिल्ममेकर प्रविन टकी कार्कीले फिल्मकर्मीहरूसँग भेट गराउने र फिल्म छनोटका लागि सहजीकरण गरिदिए।

यसपटकको फेस्टिवलले अर्को वर्षको नयाँ संस्करणका लागि पनि आयोटक टिम उत्साहित छ। संयोजक प्रमोदकृष्ण जोशी अर्को वर्ष अझै परिष्कृत तरिकाले फेस्टिवल गर्ने बताउँछन्।

यसपटक ३ महिनादेखि लगातार खटिँदा पनि अझै प्रचारप्रसारमा कमी भएको हो कि भन्ने महसुस आयोजक टिमलाई भएको थियो। फेस्टिवलमा आएका फिल्म निर्देशक सुजित बिडारीले सुनाएका थिए, ‘अरु देशकहरूमा फेस्टिवल आउने बेला पूरा सहर नै पोस्टरले रंगिएको हुन्छ।’

‘अब सन् २०२४मा फेस्टिवल गर्दा २०२४ वटा पोस्टर थाहा नगरपालिकाभरि टास्छौँ,’ सानोबाबु उत्साहित हुँदै भन्छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग सोमबार, असोज ५, २०८३
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्