काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोकेका हुन्।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स जान लागेकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा भाग लिन बुधबार राति दुबई प्रस्थान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।