• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आयोगले सहमति गराए पनि फिर्ता गरेनन् मिटरब्याजी साहुले हडपेको जमिन

64x64
कल्पना घिमिरे बिहीबार, मंसिर १४, २०८०  १०:११
1140x725

काठमाडौं- २०७४ साल मंसिरमा सर्लाही कविलासी नगरपालिका- १० का कैलाश रायकी जेठी छोरीको विवाहका लागि लागि प्रस्ताव आयो। खान्दानी परिवारबाट विवाहको प्रस्ताव आएपछि रायले नार्इं भन्न सकेनन्। विवाहका लागि केटा-केटी दुवै पक्ष मन्जुर भए।

परम्पराअनुसार विवाह गर्दा तराईमा दाइजो दिनुपर्ने चलन छ। यति मात्र होइन, केटा पक्षले मागेअनुसार दाइजो दिनुपर्ने प्रथा जस्तै नै छ तराईमा। 

रायकी छोरीको विवाह गर्दा पनि केटा पक्षले ५ लाख रुपैयाँ बराबरको दाइजो माग गरे। त्यति धेरैको दाइजो दिने सम्पत्ति थिएन रायसँग। ‘दाइजो दिनका लागि आम्दानीको स्रोत थिएन मसँग। सम्पत्तिका नाउँमा १ बिघा ६ कठ्ठा जमिन थियो। त्यो जमिन बेचेर दाइजो दिए सुकुम्बासी नै बन्नुपर्ने अवस्था थियो। तर दाइजो नदिए छोरीको विवाह नै नहुने अवस्था थियो,’ उनी सुनाउँछन्।

त्यसपछि रायले दाइजो दिनकै लागि सोही नगरपालिकाका महाजन इन्दल रायसँग ५ लाख रुपैयाँ मिटरब्याजमा ऋण लिए। 

‘महाजनसँग ५ लाख रुपैयाँ ऋण मागेँ। ऋण दिने बेलामा उनले कित्ता नम्बर १४ को १ बिघा ५ कठ्ठा जमिन दृष्टिबन्धकमा राख्न लगाए। मैले ऋण तिरिसकेपछि फिर्ता भइहाल्छ भनेर दृष्टिबन्धक राखेर ऋण लिएँ। तर महाजनले तमसुकमा २० लाख रुपैयाँ लेखेछन्। त्यो मैले पढ्न जान्दिनथें। नपढी औंठा छाप लगाएँ,’ उनले भने।

उनले छोरीको विवाह धुमधामले गरे। तर विवाह गर्दा लिएको ऋण तिर्नु पनि थियो। ऋण लिएको ४ महिनापछि अन्नपात बिक्री गरेर जसोतासो उनले महाजनलाई २ लाख ५० हजार रुपैयाँ बुझाए। तर बुझाएको कागज लिएनन्। 

‘साहुको साँवा रकम आधा तिरियो अब आधा बाँकी छ भन्ने भएको थियो। तर महाजनले साँवा रकम नै २० लाख रुपैयाँ लेखेको रहेछन्। साँवा रकम नै १७ लाख ५० हजार बाँकी रहेको सुनाए। त्यस्तो कुरा सुनेपछि त मेरो होस नै उड्यो,’ उनी सुनाउँछन्। 

लिएको रकमभन्दा चार गुणा बढीको तमसुक बनाएको थाहा पाएपछि रायले महाजनलाई बाँकी रकम  बुझाएनन्। त्यसपछि महाजनले रायको १४ नम्बर कित्ताको जमिन हडपे। 

Ncell 2
Ncell 2
nimb
nimb

यता महाजनले पीडित रायले ऋण नतिरेको भन्दै २०७९ साल भदौ १५ गते जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरे। बाँकी भएको १ कित्ता जमिन अदालतले रोक्का गरिदियो।

मिटरब्याज पीडितहरुले लामो समयसम्म आन्दोलन गरेपछि गत वैशाखमा सरकारले मिटरब्याजको समस्या समाधान गर्न अनुचित लेनदेन (मिटरब्याज) जाँचबुझ आयोग गठन गर्यो। उक्त आयोगमा पीडितले साहु-महाजनका विरुद्धमा निवेदन दिने र आयोगले पीडित र पीडक पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर दुवै पक्षबीच छलफल गराई मिलापत्र गराउने कार्य सुरु भयो। 

रायले पनि आयोगमा निवेदन दिए। आयोगले गत असार ११ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पीडित कैलाश राय र पीडक महाजन इन्दल रायलाई सँगै राखेर छलफल गरायो। 

उक्त छलफलको निष्कर्षमा साहु–महाजनले पीडितसँग हडपेको जमिन फिर्ता गर्ने र अदालतले रोक्का गरेको १ कित्ता फुकुवा गर्ने सहमति भएको थियो। यस्तै पीडित रायले इन्दललाई ८ लाख ३ हजार ९५४ रुपैयाँ फिर्ता गर्ने सहमति भएको छ। पीडित राय र महाजनबीच सहमति गरी औंठा छाप समेत लगाएका छन्। तर न इन्दलले उनको १५ कित्ता जमिन फिर्ता गरे न त पीडितले साहुलाई रकम नै बुझाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एकतर्फ आयोगले मिटरब्याजी साहु र पीडितबीच मिलापत्र गराई यतिउति निवेदन फस्र्योट गर्यौं  भन्ने तथ्यांक आइरहेको छ भने अर्कोतर्फ आयोगले सहमति गराए पनि मिटरब्याजी साहु र पीडितबीच मिलापत्र हुन नसकेको गुनासो आउन थाल्यो। 

यस्तो गुनासो आएपछि नेपाल लाइभले मिटरब्याज पीडित रायसँग टेलिफोन संवाद गर्यो। टेलिफोनमा साहुले सहमति भएअनुसारको रकम बुझाए पनि जग्गा फिर्ता नगर्ने धम्की दिएको बताए।

सहमति भएको रकमभन्दा बढी रकम साहुले माग गरेको राय बताउँछन्। ‘सहमति भएको रकम दिन्छुभन्दा महाजन जग्गा फिर्ता गर्न मान्दैनन्। उनले साढे ३१ लाख माग गरेका छन्। मैले लिएको साँवा रकम ५ लाख रुपैयाँ हो। महाजनले माग गरेको रकम म तिर्न सक्दिनँ,’ उनले भने।

उता मिटरब्याजी साहु इन्दलले भने पीडित कैलाश रायले २० लाख रुपैयाँ नै लगेको बताए। कैलाश रायले २ लाख ५० हजार रुपैयाँ बुझाए पनि १७ लाख ५० हजार रुपैयाँ नै साँवा रकम पीडितले बुझाउनुपर्ने बताए। अनुचित लेनदेन जाँचबुझ आयोगले आफू र ऋणी कैलाशलाई सँगै राखेर जबरजस्ती सहमति गराएको बताए।

‘अदालतले लिलामी गरेको जमिन हो, फिर्ता गर्न मिल्दैन। मेरो साँवा रकम नै १७ लाख ५० हजार रुपैयाँ बाँकी छ। ब्याज समेत जोड्दा ३१ लाख ६८ हजार पुगेको छ। आयोगको निर्णय गलत छ। म यो निर्णय स्वीकार गर्दिनँ,’ इन्दलले भने, ‘आयोगले जबरजस्ती औंठाछाप लगाउन लगाएर सहमति गराएको हो। सम्पूर्ण रकम नतिरे जग्गा फिर्ता गर्दिनँ।’

इन्दलकी भतिजी स्वेता राय आयोगले आफ्नो ठूलोबुबालाई जबरजस्ती सहमति गराएको बताउँछिन्। पीडितले पूरा रकम नबुझाएसम्म जग्गा फिर्ता नगर्ने उनले बताइन्। पीडित कैलाश रायले २० लाख रुपैयाँ नै ऋण लिएको उनको भनाइ छ।

‘कति ऋण लगेको हो भन्ने कुरा त ऋण लिएको बेलामा तमसुकमा लेखेर पढेर सुनाएपछि हस्ताक्षर गराइन्छ। कैलाशले २० लाख रुपैयाँ लगेको भन्ने तमसुकमा हस्ताक्षर गर्नु भएको छ,’ स्वेताले भनिन्, ‘अदालतले बिना कसुर कसैको जग्गा लिलामी गर्दैन होला। अदालतको आदेश अनुसार जग्गा लिलामी भएको हो। आयोगले मिलापत्र गराए पनि फिर्ता गर्न मिल्दैन।’

यसरी आयोगले मिलापत्र गराए पनि पीडित र पीडकबीच सहमति नभएका थुप्रै उदाहरण छन्। सर्लाही चन्द्रनगर नगरपालिका- ९ का इस्लाम मन्सुरीले मलंगवा नगरपालिकाका महाजन अब्दुल हाफिजसँग २५ हजार रुपैयाँ ऋण लिएका थिए। मन्सुरीले २५ हजार रुपैयाँ साहुलाई बुझाइसकेका छन्। तर महाजनले २ लाख रुपैयाँ ऋण दिएको तमसुक बनाए। त्यसपछि पीडित मन्सुरीको २ कठ्ठा जमिन समेत हडपेका थिए। यसबारे पीडित मन्सुरीले निवेदन लिएपछि आयोगले पीडित र पीडक साहुबीच छलफल गराई पीडित मन्सुरीको २ कट्ठा जमिन गत साउन २७ गतेभित्र फिर्ता गर्ने गरी सहमति गराएको थियो। तर साहुले जमिन फिर्ता नगरेको पीडित मन्सुरीको गुनासो छ।

यस्तै सर्लाही कौडेल नगरपालिकाकी जनारसी कुमारी पन्डितले पनि मलंगवाका मिटरब्याजी महाजन कपिलदेव यादवसँग ५५ हजार रुपैयाँ ऋण लिएकी थिइन्। पीडित पन्डितले साँवा–ब्याज सहित ७५ हजार रकम महाजनलाई बुझाइसकेकी थिइन्। तर महाजन यालवले २ लाख ४० हजार रुपैयाँ लगेको कपाली तमसुक बनाएर पीडित पन्डितको जग्गा हडपेका थिए।

सोबारे आयोगमा निवेदन परेपछि आयोगले गत असार १३ गते पीडित र पीडक पक्षलाई राखी पीडितको अदालतको मुद्दा र जग्गा फिर्ता गर्ने र पीडकलाई ५५ हजार रुपैयाँ दिने गरी सहमति गराएको थियो। तर पीडित पक्षको जमिन फिर्ता नगरिएको गुनासो आएको छ।

आयोगले पीडित र पीडकबीच छलफल गराई मिलापत्र गरे पनि मिटरब्याजी साहुले पछि मिल्न नमोनेको गुनासो आइरहेको मिटरब्याज तथा ठगी विरुद्ध अभियानका अभियान्ताहरुको भनाइ छ।

आयोगले अहिले गैरकानुनी काम गराइरहेको उनीहरुको भनाइ छ। यस्तै फिर्ता भो भनेर सरकारले हल्ला फैलाउने काम मात्रै गरेको उनीहरुको आरोप छ। 

मंसिर ११ गतेसम्म ५ हजार ७५ निवेदन पीडित र साहुबीच मिलापत्र गरी फस्र्योट गराएको आयोगले जनाएको छ। आयोगले कात्तिक १७ गतेसम्म २१८ बिघा १० कट्ठा ७ धुर जग्गा (कित्ता नम्बर ७९९) साहुबाट पीडितलाई फिर्ता गराएको तथ्यांक प्रस्तुत गरेको छ। तर मिटरब्याजपीडित र साहुबीच कुरा नमिल्दा फिर्ता गर्ने विषय विवादित बनिरहेको अभियान्ताहरु बताउँछन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? मेलम्चीको खानेपानी पुनः वितरण भए पनि काठमाडौं उपत्यकाका लागि पर्याप्त खानेपानी वितरण हुने छैन। साहका अनुसार दैनिक ५० करोड लिटर खानेप... आइतबार, कात्तिक १, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्