काठमाडौं- सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
सो कार्यका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनशक्ति उपलब्ध गराउने निर्णय पनि भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री शर्माले जानकारी दिइन्।
उनका अनुसार भूकम्प पीडितको अस्थायी आवास निर्माण भएको गुनासो आएकाले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिनेछ। अस्थायी आवास निर्माणमा ढिलाइ भएको भन्दै सरकारले सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको उनले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।