काठमाडौं- मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री प्रचण्डको यूएई भ्रमण लगायत विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बुधबार राति साढे ९ बजे यूएईको दुबई जाँदैछ।
न्याय परिषद्ले विशेष अदालतमा सिफारिस गरेका अध्यक्षसहितका न्यायाधीशको नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन्। भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल पनि सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।