भैरहवा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउने बताएका छन्। भैरहवामा मंगलबार नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताए।
‘बालकृष्ण खाण यहाँको नेता हो, तपाईंहरुले चुनेर पठाएको प्रतिनिधि पनि हो। त्यस कारण तपाईंहरुलाई चिन्ता लाग्नु स्वाभाविक कुरा हो,’ देउवाले भने, ‘तर मलाई विश्वास छ, उहाँले न्याय पाउनुहुनेछ।’ अदालतमा विचाराधीन रहेको कारण बोल्न नहुने बताउँदै देउवाले तर पनि आफूलाई खाणले न्याय पाउने विश्वास लागेको बताए।
देउवाले अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार नभएको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको उल्लेख गरे। ‘अरुलाई दोष दिएर के गर्ने, यहाँ चाहिने कुरा नै छैन, अध्यागमन लगायत कार्यालय छैन,’ देउवाले भने, ‘काठमाडौँमा गएर त्यहाँका सम्बन्धितसँग कुरा गर्ने विश्वास दिलाउन चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।