काठमाडौं- राजतन्त्र पुनर्स्थापनाको अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा पक्राउ परेका ८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। सोमबार पक्राउ परेका १८ जनामध्ये ८ जनाविरुद्ध मुद्दा चलाइएको हो।
८ जनामध्ये ५ जनालाई सार्वजनिक शान्ति विरुद्धको कसुर र ३ जनालाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्रीनिवास आचार्य, सुजन खड्का, मेहरमान बस्नेत, दिपेश खड्का र अनिल गुरुविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर र मनोज थापा, बिनन्जय थापा र निकेश बास्तोला विरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको हो।
राजतन्त्र पुनर्स्थापनाको माग दुर्गा प्रसाईं एक सातादेखि विभिन्न स्थानमा आन्दोलन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।