काठमाडौं- प्रहरीको समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन सातै प्रदेशका मन्त्रीहरुले संयुक्त रुपमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। उनीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रहरी समायोजन गर्न ध्यानाकर्षण पत्र बुझाएका हुन्।
प्रधानमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री महम्मद समिम, लुम्बिनी प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री सन्तोषकुमार पाण्डे, कर्णाली प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी र कोशी प्रदेशका विनाविभागीय मन्त्री शमशेर राईको हस्ताक्षर रहेको छ।
उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा प्रहरी समायोजनका लागि आवश्यक निर्देशन र सहजीकरणका लागि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ।
‘प्रधानमन्त्रीज्यूबाट प्रहरीको समायोजन गरी प्रदेश सरकार मातहत ल्याउन यथाशीघ्र सम्बोधन हुने गरी प्रक्रिया अगाडि बढाई संविधानको मर्म र भावना अनुरुप प्रदेशलाई अधिकार सम्पन्न बनाउन र संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विशेष अनुरोध गर्दछौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ।
![400149364_204830712664732_65530450507847575_n-1701179733.jpg](https://nepallive.net/uploads/posts/400149364_204830712664732_65530450507847575_n-1701179733.jpg?timestamp=1701179742629)
![400761290_832810025262716_7130555321999279843_n-1701179740.jpg](https://nepallive.net/uploads/posts/400761290_832810025262716_7130555321999279843_n-1701179740.jpg?timestamp=1701179742629)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।