काठमाडौं- नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा गर्ने तीन साता लामो विशेष अभियानका लागि एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिमतिर लागेका छन्। बुधबार हुने कार्यक्रमका लागि उनी मंगलबार बेलुकी नै धनगढी गएका हुन्।
एमालेले मंसिर १४ बाट तीन साता लामो अभियान चलाउने सचिवालयले गरेको निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो।
अभियानको सुरुवात मंसिर १४ गते बिहान साढे ८ बजे नेपालको पश्चिमी नाका झुलाघाटबाट गरिने भएको छ। मध्यपहाडी लोकमार्ग वरपरका शहर केन्द्रित अभियान पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्षमा प्रवेशका अवसरमा पुष्पलाल श्रेष्ठसँग जोडिएको मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गर्ने तयारी एमालेले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।