काठमाडौं– कोशी प्रदेका मुख्यमन्त्री केदार कार्कीले ल्याएको बजेटमा एमालेले आपत्ति जनाएको छ। तत्कालिन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै मुख्यमन्त्री कार्कीले शनिबार नयाँ बजेट प्रस्तुत गरेका थिए।
बजेट ल्याउनु पूर्व दलहरुबीच पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले ल्याएको बजेटका अधिकांश बुँदाहरु समेट्ने समझदारी बनेको थियो। तर कार्कीले ल्याएको बजेटमा हिक्मत कार्कीले ल्याएका कुरा नसमेटिएपछि एमाले असन्तुष्ट बनेको हो। जसलाई मंगलबारको प्रदेश सभा बैठकमा सो दलका उपनेता समेत रहेका राम रानाले व्यक्त गरे।
‘बजेट मनोमानी वितरण भएको छ। हामीले यसलाई सन्तुष्ट भएर पास गर्नुपर्ने के जरुरी छ भन्ने प्रश्न उठेको छ। यो प्रश्नको जवाफ विश्वासिलो ढङ्गले दिने आधार अर्थमन्त्रीसमेत रहनु भएको मुख्यमन्त्रीसँग छ की छैन? छ भने स्पष्टसँग आउनुपर्यो। होइन भने यो बजेट फेल गर्दा के हुन्छ भन्ने ठहर छ। बजेट नै फेल भयो भने सरकार हुँदैन,’ उनले चेतावनी दिँदै भने,‘फेरि सरकार अप्ठ्यरोमा पर्छ यो सोच्ने काम प्रतिपक्षको होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।