काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही पदाधिकारी थप्ने तयारी गरेको छ। जलेश्वरमा जारी बैठकबाट तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरिएको हो।
यसैगरी दुई सहमहामन्त्री समेत यही बैठकबाट टुंग्याउने तयारी भइरहेको एक नेताले बताएका छन्। उनका अनुसार सांसद् सुमना श्रेष्ठ र संस्थापक नेता मध्येकै एक विपिन आचार्य सहमहामन्त्री बन्दैछन्।
रास्वपामा ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। जसअनुसार सभापतिमा रवि लामिछाने , दुई उपसभापतिमा एक डोलप्रसाद अर्याल (डिपी) छन्। अर्को रिक्त रहेकोमा वाग्ले चयन हुनेछन्।
महामन्त्रीमा डा मुकुल ढकाल रहेका छन्। सहमहामन्त्री खाली रहेकोमा सुमना र विपिनलाई जिम्मेवारी दिने तयारी गरिएको हो।
रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।