बैतडी- सडक डिभिजन कार्यालय पाटन बैतडीले आफ्नो अधिकार क्षेत्रमा पर्ने कालोपत्र सडकका खाल्डाखुल्डी पुर्ने काम सुरू गरेको छ।
डिभिजन कार्यालयले विशेष गरी अनारखोलीदेखि झुलाघाटसम्मको कालोपत्रे सडकलाई तीव्र रुपमा सरसफाइसँगै खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ।
नेकपा एमाले अध्यक्ष केपी शार्मा ओली सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी आउने भएपछि सडकमा आएका खाल्डाखुाल्डी माटोले पुरिँदैछन्।
अध्यक्ष ओलीसँगै सयौँ गाडी यो सडक बाटो आउने भएपछि सडकका खाल्डाखुाल्डी पुर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले निर्देशन दिएका हुन्।
खाल्डाखुल्डी पुर्ने नाममा जथाभावी जेसीवीले माटोमा भएको ढुंगा समेत सडकमा हालेपछि दुर्घटनाको जोखीम बढेको सवारी चालक मोहन ऐरीले बताए।
समस्या आएको ठाउँमा छिट्टै पुनः सरसफाइ गर्ने सडक डिभिजन कार्यालय प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।