काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको केन्द्रीय लेखा समितिमा चार जनालाई मनोनयन गरेका छन्।
सोमबार उनले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको कार्य गर्ने गरी चार नेतालाई मनोनयन गरेका हुन्।
समितिको सदस्यमा दिलिप ढुंगाना (धनुषा), डा डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई मनोनयन गरिएको हो।
यो समितिको संयोजकत्वमा श्यामकुमार घिमिरे छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।