काठमाडौं- संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ।
आइतबार बसेको समितिको बैठकले पौडेलसँगको सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। अब उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्न सक्नेछन्।
कात्तिक ३ गते मन्त्रिपरिषद् बैठकले पौडेललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।