• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बजेट पारित गराउन सत्तापक्षीय ‘प्रतिपक्षी’ एमालेको साथ खोज्दै मुख्यमन्त्री कार्की

64x64
नेपाल लाइभ सोमबार, मंसिर ११, २०८०  १४:४१
1140x725

काठमाडौं- ‘यो बजेट एमालेले समेत स्वामित्व लिनेछ। यो एमालेले ल्याएको जस्तै हो। यसको स्वामित्व एमालेले पनि लिन्छ र संसद्‌बाट पास हुन्छ,’ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिबार बजेट सम्बन्धी अध्यादेश संसद्मा दर्ता गरेपछि आइतबार उक्त दाबी गरे। आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमाझ मुख्यमन्त्री कार्की प्रतिस्थापन बजेट संसद्‌बाट सर्वसम्मत जतिकै पारित हुने दाबी दोहोर्‍याए। 

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले आर्थिक वर्ष २०८०/८१ का लागि असार १ गते संसद् छलेर अध्यादेशमार्फत बजेट ल्याएका थिए। तर सरकार अदल-बदलले उक्त अध्यादेश संसद्‌मा अनुमोदन भएर कानुन बन्न सकेन। त्यसयता अध्यादेशमार्फत नै दोस्रो पटक मुख्यमन्त्री हुँदा हिक्मत कार्कीले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएका थिए। त्यसको पनि समय गुज्रिन लागेपछि कार्कीले त्यसलाई प्रतिस्थापन गर्दै नयाँ बजेट सदनमा प्रस्तुत गरेका हुन्। 

सत्तापक्षीय ‘प्रतिपक्षी’ एमालेको साथ खोज्दै मुख्यमन्त्री कार्की
सुरुमा उद्धृत गरेजस्तो सदनबाट बजेट अनुमोदन हुन एमालेको समर्थन कार्कीलाई आवश्यक हुन्छ, जसका लागि उनले एमालेले स्वामित्व लिने पनि दाबी गरेका छन्। तर कार्कीले दाबी गरेजस्तो सहज परिस्थिति भने छैन। आफ्नै पार्टी नेतृत्वको संघीय गठबन्धनको विरुद्ध गएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सो गठबन्धन टिकाउन सकेनन्। 

केही समयकै अन्तरालमा एमाले सरकारबाट बाहिरियो। हाल संसद्‌मा एमाले प्रतिपक्षी बेञ्चमा बस्छ तर उसले समर्थन भने फिर्ता लिएको छैन। 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम  बनेको सरकार भएकोले सरकारलाई दिएको समर्थन फिर्ताको सवालमा एमाले अलमलमा परेको छ। सांसद–सांसद्‌को समर्थनले सरकार बनेकोले पार्टीले फिर्ता लिँदैमा फिर्ता नहुने देखिएकोले एमाले अहिले समर्थन गर्दै प्रतिपक्षी बेञ्चमा बसेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

एमाले बाहके पनि बहुमत आवश्यक ४७ सांसदको समर्थन हुने भए पनि त्यो भरयोग्य छैन। तर कार्की एमाले यो बजेट आफूले स्वामित्व लिइदियोस् र मुख्यमन्त्री बन्दाको समझदारीमा अडिग नै रहेको सन्देश देओस् भन्ने चाहेको एक मन्त्री बताउँछन्। ती मन्त्रीले भने जस्तो सदनमा पनि एमालेले बजेटलाइ विरोध गरेको छैन। 

आइतबार छलफलमा सहभागी एमाले सांसदले केही सुझाव दिए पनि बजेटको विरोध गरेनन्। छलफलमा सहभागी हुनेमध्ये एमाले सांसद छविलाल चुँडालले आफूले दिएको सुझाव समेटे उत्कृष्ट बजेट हुने बताए। ‘बजेटमा सुधारका गर्ने केही ठाउँहरु छन्। यी सुझाव कार्यान्वयन गरेमा बजेट थप मजबुत हुन्छ,’ उनले भने। 

संसद्‌मा एमालेको प्रस्तुति हेर्दा एमालेले बजेटलाई समर्थन गर्ने देखिन्छ। कोशी प्रदेशका एमाले सांसद एकराज कार्की आर्थिक वर्षको पहिलो चौमासिक सकिँदा पनि बजेट नहुँदा समस्या पर्ने भएकोले यस्तो अवस्थामा पक्ष विपक्ष नहुने बताउँछन्। ‘चौमासिक बितिसक्यो। कति कामहरु छन्। जनतामा निराशा छ। पक्ष विपक्ष हुने समय छैन। सबैलाई समेटे एमालेले समर्थन नगर्ने कारण नै छैन,’ उनी भन्छन्। 

कस्तो छ त बजेट?
कार्कीले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाखको अनुमानित बजेट ल्याएका छन्। यो तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेटभन्दा ५० करोड बढी हो। 

मुख्यमन्त्री कार्कीले एमाले नेतृत्वको सरकारको बजेटलाई आफूले धेरै नचलाएको दाबी समेत गरेका छन्। 

कार्कीले ल्याएको बजेटमा इटहरीमा प्रदेश वर्न अस्पताल बनाउने, कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि बैङ्क तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जस्ता नयाँ कार्यक्रमहरु समावेश गरेका छन्। 

यस्तै, धरानमा तमोरबाट सुरुङ मार्ग हुँदै पानी ल्याउन अध्ययन गर्ने, प्रदेश भित्र आवश्यक पर्ने चिकित्सा, विज्ञान तथा कानुन अध्ययन गर्ने स्नातक तहका विद्यार्थीहरूका लागि छात्रवृत्ति व्यवस्थापन गर्ने, प्रदेश भित्र दक्ष जनशक्ति उत्पादन गरी कृषि र पशु प्राविधिक अध्ययन गर्न प्रत्येक स्थानीय तहमा १ जनाको दरले छात्रवृत्ति उपलब्ध गराउने जस्ता कार्यक्रमहरु पनि कार्कीले ल्याएको बजेटमा समावेश छ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
सम्बन्धित सामग्री
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुन... बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन सरकारको नीति तथा कार्यक्रमको छलफलको प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नआएपछि बुधबार बैठकमा अवरोध भएको हो । बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्