• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
पहुँचमा कमाण्ड, फिल्डमा कमजोर

अवधि नपुग्दै तानिए चार एसपी, अन्यको कार्यसम्पादन पनि कमजोर

64x64
नेपाल लाइभ आइतबार, मंसिर १०, २०८०  १७:०३
1140x725

काठमाडौं- पहुँचको भरमा आकर्षक ठाउँको पोस्टिङ पाइराख्ने तर फिल्ड तथा कार्यसम्पादनमा भने प्रश्न उठिराख्ने प्रवृत्ति प्रहरीमा व्यापक छ। विभिन्न शक्तिकेन्द्र रिझाएर आकर्षक ठाउँको इन्चार्ज पाउने तर कार्यसम्पादनमा भने बारम्बार प्रश्न गरेको छ। 

शक्तिकेन्द्र रिझाएर आकर्षक जिल्लाको कमाण्ड सम्हालेका तर कार्यसम्पादनमा भने कमजोर देखिएपछि प्रहरी प्रधान कार्यालयले चार जिल्ला इन्चार्ज एसपीहरुलाई तानेको छ। जसमा धनुषाका एसपी विश्वराज खड्का, बाँकेका एसपी सन्तोषसिंह राठौर, सर्लाहीका एसपी नरेशराज सुवेदी, पश्चिम नवलपरासीका एसपी विनोद सिलवाल छन्।

उनीहरु सबै कार्यसम्दानमा अब्बल भएर भन्दा पनि शक्तिकेन्द्र रिझाएर आकर्षक जिल्लाको कमाण्ड गर्न पुगेका थिए। तर उनीहरुलाई जिम्मेवारी सम्हालेको चार महिनादेखि नै प्रहरी हेडक्वाटरले तानेको छ। 

कार्यसम्दानमा प्रश्न उठेपछि पछिल्लो पटक तानिएका एएसपी हुन् विश्वराज खड्का। उनी जिल्ला प्रहरी कार्यालय धनुषाका इन्चार्ज थिए। गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई कात्तिक २० गते जिम्मेवारीबाट हटाएको थियो। उनलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा तानेर अर्का एसपी मित्रबन्धु शर्मालाई पठाएको छ।

गत वर्षको पुस ४ गते धनुषा सरुवा भएका खड्काको अवधि नपुग्दै सरुवा हुनुमा उनको कार्यसम्पादनमा प्रश्न उठ्यो। एसपी खड्काको जिम्मेवारी खोसिनुमा आरती साहको मृत्यु घटना जोडिएको छ। 

गत जेठ ७ गते साह आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन्। सो प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो। मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्काले मुद्दा कमजोर बनाएको उनीहरुको आरोप छ। 
कार्यसम्पादनमा प्रश्न उठेपछि एसपी खड्का अवधि नपुग्दै सरुवा भए। 
पूर्व गृहमन्त्री तथा दिवंगत भइसकेका कांग्रेसका नेता खुमबहादुर खड्काका भतिजा उनी पहुँचका भरमा पटकपटक आकर्षक पोस्टिङ पाउने अधिकृतको रुपमा चिनिन्छन्।

उनले कमाण्डका गरेका प्रहरी वृत्त बालाजु, दरबारमार्ग, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला प्रहरी कार्यालय म्याग्दी, इलाका प्रहरी कार्यालय राजापुर सबैतिर उनी विवादरहित बन्न सकेनन्। जिल्ला प्रहरी ललितपुर परिसरमा कार्यरत रहँदा उनी घुसमा समेत मुछिएका थिए। 

त्यसैगरी शक्तिकेन्द्र नै रिझाएर आकर्षक ठाउँको कमाण्ड सम्हालेका तर कार्यसम्पादन कमजोर भएपछि तानएका अर्का एसपी हुन् बाँकेका सन्तोषसिंह राठौर। गत असोजको अन्तिम साता गृह मन्त्रालयको निर्देशनमा राठौरलाई जिम्मेवारीबाट हटाएर अर्का एसपी सुवासचन्द्र बोहरालाई बाँके प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

बाँकेमा हिन्दु–मुस्लिमबीच सद्भाव बिग्रिन थालेपछि स्थिति नियन्त्रण लिन नसकेको भन्दै एसपी राठौरको जिम्मेवारी खोसिएको थियो। राठौर कुनै समय हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) थिए। सोही साइनोमार्फत उनले बाँकेको कमाण्ड पाएका थिए। 

उनी यसअघि विवादमा आएका प्रहरी अधिकृत हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुख भएको बेला २०७८ कात्तिकमा सार्वजनिक ठाउँमा तास खेलिरहेको भिडिओ बाहिर आएको थियो। त्यतिबेला पनि राठौरको जिम्मेवारी खोसिएको थियो।

राठौरसँगै एकै दिन अर्का एसपी नरेशराज सुवेदीको पनि जिम्मेवारी खोसिएको थियो। संयोग एसपी सुवेदी पनि प्रचण्डकै पीएसओ थिए। डीएसपीबाट एसपी बढुवा हुनेबित्तिकै पीएसओ साइनोमार्फत उनी सर्लाहीको कमाण्डमा पुगेका थिए। उनको पनि कमाण्डमा प्रश्न उठेपछि सुवेदीलाई तानेर उनको ठाउँमा अर्का एसपी प्रवीण धिताललाई पठाइएको छ।

यसअघि चार महिना नबित्दै अर्का एसपी विनोद सिलवाल पनि तानिएका थिए। पश्चिम नवलपरासीमा रहेका उनलाई गत जेठ १९ गते हटाएर उनको ठाउँमा अर्का एसपी काजीकुमार आचार्यलाई पठाइएको थियो। गत माघमा नवलपरासीमा सरुवा भएका उनी चार महिनामै हटाइएका थिए।

कार्यसम्पादन कमजोर देखिएको र भारतसँग सीमा जोडिएका नाकाहरुबाट तस्करी समेत भएको भन्दै उनलाई प्रहरी हेडक्वाटरले हटाएको थियो। 

यी चार एसपी मात्रै होइन अन्य एसपीहरुको समेत कार्यसम्पादन कमजोर देखिएको रिपोर्ट यसअघि नै प्रहरी प्रधान कार्यालयमा पुगेको थियो। भारतसँग सीमा जोडिएका जिल्लाहरुबाट तस्करीको लाइन खुलेको भन्ने गुनासो आएपछि प्रहरी प्रधान कार्यालय चार जना एआईजीहरुलाई तराईका जिल्लाहरुमा अनुगमनका लागि खटाएको थियो। 

वसन्त कुँवर आईजी भएपछि कोशीमा टेकप्रसाद राई, मधेसमा मीरा चौधरी, लुम्बिनीमा टेकबहादुर तामाङ र सुदूरपश्चिममा सुदीप गिरीलाई खटाएर अनुगमन गरिएको थियो। सोही रिपोर्टको आधारमा एसपी सिलवालको जिम्मेवारी खोसिएको थियो। 

अन्य जिल्लाका एसपीहरुको हकमा समेत एआईजीसहितको टोलीले कार्यसम्पादन चित्त बुझ्दा नरहेको भन्दै रिपोर्ट पेस गरेको थियो। तर उनीहरु भने शक्तिकेन्द्रको पहुँचको आधारमा अहिलेसम्म कमाण्डमै रहेका छन्। 

एआईजीहरुको रिपोर्टले सिरहा, झापा, मोरङ, धनुषा, महोत्तरी, पर्सा, सर्लाही, रुपन्देही, कैलाली, कपिलवस्तु, दाङका एसपीहरुको कार्यसम्पादन चित्त बुझ्दो नरहेको भन्दै रिपोर्ट दिएको थियो। जसमध्ये धनुषाका एसपी खड्का, पश्चिम नवलपरासीका सिलवाल, सर्लाहीका एसपी सुवेदी, बाँकेका राठौरको जिम्मेवारी खोसिए पनि अन्य एसपीहरु भने आफ्नो कार्यकाल पूरा गरेर मात्रै सरुवा हुने लाइनमा छन्।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन
सम्बन्धित सामग्री
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुन... बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन सरकारको नीति तथा कार्यक्रमको छलफलको प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नआएपछि बुधबार बैठकमा अवरोध भएको हो । बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । बुधबार, वैशाख ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन बुधबार, वैशाख ३०, २०८३
तस्करीलाई छुट दिने प्रहरीमाथि कारबाही हुने आईजीपीको चेतावनी बुधबार, वैशाख ३०, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्