पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली (बीच)
लेखनाथ– जातीय दुर्व्यवहार तथा छुवाछुतसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीले गरेको फैसलाबाट पोखरा महानगरपालिका–२४ की वडा सदस्य मैयाँ नेपाली दङदास छन्।
कास्की जिल्ला अदालतको फैसलाको विषयलाई लिएर संयुक्त दलित संघर्ष समिति कास्कीले आज (शुक्रबार) आयोजना गरेको पत्रकार सम्मेलनमा वडा सदस्य नेपालीले उक्त मुद्दामा आफूले न्याय पाएको बताइन्।
पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले जातीय दुर्व्यवहार गरेको भन्दै वडासदस्य नेपालीले २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन्। पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र १० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।