काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीबीच शुक्रबार शिष्टाचार भेट भएको छ। नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आएका अल-मुखैरीले प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा भेट गरका हुन्।
प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्री मुखैरीबीचको भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे छलफल भएको थियो।
भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।