काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुरानै व्यवस्था ठिक थियो भन्नु जस्तो मुर्खता अरु केही नहुने बताएका छन्।
अर्घाखाँचीमा आयोजित कांग्रेसको सभालाई सम्बोधन गर्दै थापाले पुरानो व्यवस्था ठिक थियो भनेर आन्दोलन गर्नु मुर्खतापूर्ण हुने टिप्पणी गरे।
‘गल्ती भएका छन्, सुधार्ने हो। तर यो भन्दा राम्रो गर्नुपर्छ भन्नुपर्ने ठाउँमा पहिलेकै व्यवस्था यो भन्दा राम्रो थियो, असल थियो, त्यो दिन पो ठिक थियो भन्यो भने त्यो भन्दा ठूलो मुर्खता केही पनि हुँदैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।