काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दुर्गा प्रसाईंले बल्खुमा आयोजना गरेको कार्यक्रम औचित्यहीन रहेको टिप्पणी गरेका छन्।
अध्यक्ष ओलीले शुक्रबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन्।
‘हिजो बल्खुमा कहाँ हिन्या हुन थाहा छैन। केका लागि हिन्या हुन त्यो पनि थाहा छैन। के माग हो? के नारा हो? कहाँ पुग्ने हो थाहा छैन। हा-हु हेर्न पाइन्छ रे भनेपछि हेर्न आए,’ उनले भने।
ओलीले उक्त प्रकरणमा सरकार त्यतिकै थर्कमान भएको पनि आरोप लगाएका छन्। उनले भने, ‘यो सरकार त्यतिकैमा थर्कमान छ। ५/७ हजार मान्छे आए होला यसो हेर्न। सरकार त्यसै थर्कामान भयो, किनभने यसको जगै छैन। गठबन्धन छ, जरो छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।