काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था अव्यावाहरिक रहेको दाबी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार काभ्रेमा आयोजित उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरणबारे राष्ट्रिय उपकुलपति सम्मेलनलाई सम्बोधन गर्दै उक्त दाबी गरेका हुन्।
‘प्रधानमन्त्री सबै विश्वविद्यालयको पदेन कुलपति हुने व्यवस्था निश्चय नै अव्यावाहरिक छ। तर त्यसको विकल्प खोज्दा विश्वविद्यालयको नेतृत्व चयनदेखि प्राज्ञिक कार्यक्रम सञ्चालन सम्म कुनै निहित स्वार्थ समूहको जकटमा नपरोस् भन्नेमा चासो र सजग हुन जरुरी छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।