काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा विश्वविद्यालय खोल्ने होड चलेको बताएका छन्। उनले विद्यार्थीहरुको अभाव हुँदै गएको अवस्थामा विश्वविद्यालयहरुलाई चुनौती पनि थपिएको जनाएका छन्।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार काभ्रेमा आयोजित उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरणबारे राष्ट्रिय उपकुलपति सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
‘नेपालमा विश्वविद्यालयहरु खोल्न जत्रो होड छ, त्यो भन्दा ठूलो संकट विद्यार्थीहरुको अभावले निम्त्याएको अनुभव हामी सबैलाई छ। यस परिस्थितिमा विश्वविद्यायलहरुले यो चुनौतीलाई सुधारको अवसरमा रुपान्तरण गर्न जरुरी छ,’ उनले भने।
नेपालको उच्च शिक्षाको भविष्यलाई आकार दिने रणनीति र विचारहरूको फलदायी आदानप्रदानको परिकल्पना गर्दै काठमाडौं विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा उपकुलपतिहरू, नीति–निर्माताहरू, शिक्षकहरू र नेपाली उच्च शिक्षा जगतका विभिन्न सरोकारवालाहरू सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।