काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्। पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन्।
बिहीबार बल्खुमा राखिएको कार्यक्रममा युवा संघका कार्यकर्ता पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीसँग पनि झडप भएको थियो। जसमा पाँच प्रहरी र २३ प्रदर्शनकारी घाइते भएका थिए।
प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। व्यवस्था परिवर्तन गरेर मात्र फर्किने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।