काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राखेको भेलाका क्रममा भएको झडपमा २३ जना प्रदर्शनकारी र पाँच जना प्रहरी घाइते भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार २३ जना प्रदर्शनकारीमध्ये १७ जना उपचारपछि फर्किएका छन् भने ६ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।
यस्तै प्रहरी तर्फ घाइते पाँच जनाको प्रहरी अस्पतालमा उपचार गरिएको छ। झडपका क्रममा प्रहरीको मेघाफोन ३ वटा, शिल्ड-११, हेल्मेट-३ वटा र वाटर क्यानन लगायतमा क्षति पुगेको बताइएको छ।
अहिले सुरक्षा व्यवस्थापन सामान्य रहेको र सुरक्षाकर्मीद्वारा निरन्तर निगरानी राखिएको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीलाई लक्षित गर्दै ढुंगा मुढा प्रहार भएपछि नियन्त्रणमा लिनका लागि पानीको फोहरासँगै १५७ सेल अश्रुग्यास र पाँच राउण्ड रवरको गोली प्रहार गरिएको सुरक्षा रिपोर्टमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।