काडमाडौं– आसन्न राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने विषयलाई लिएर निर्वाचन आयोगसँग नेपाल सरकारले परामर्श लिएको छ।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको समावधि यही फागुन २० मा सकिँदै छ।
नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम र निर्वाचन ऐन अनुसार सो पदको निर्वाचन उक्त समायावधिभन्दा ३५ दिन पहिले नै सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको छ। सोही विषयलाई लिएर आयोगले सरकारलाइ परमर्श दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्।
‘निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने समयसमेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकोले २०८० साल माघ महिनाको ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको थियो,’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकार मन्त्रिपरिषद्बाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने व्यहोरा जानकारी गराएको शर्माले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।