काठमाडौं– करिब एक करोड रुपैयाँसहित बागबजारबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। उनी हुण्डी कारोबारी र अनलाइन जुवा खेलाउने व्यक्ति रहेको प्रहरीले जनाएको छ।
हुण्डी, अनलाइन जुवा खेलाउने र क्रिप्टोको कारोबार गर्ने गरेको आरोपमा श्रेष्ठको घर प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा ९९ लाख २ हजार ८२५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।